समृद्ध गाउँपालिका बनाउनेतर्फ प्रयत्नशिल रहनेछु : दयानन्द

राजविराज, २१ वैशाख । अघिल्लो कार्यकालमा बाँकी रहेका कामलाई पुर्णता दिनका लागि आफु दोस्रो पटक पनि उम्मेदवार बनेको सप्तरीको बलान विहुल गाउँपालिकामा अध्यक्षका प्रत्यासी दयानन्द गोइतले बताएका छन् ।

मधेशलाइभसितको कुराकानीमा जनता समाजवादी पार्टीबाट उम्मेदवार रहेका उनले यस्तो बताएका हुन् । भौगोलिक हिसाबले जिल्लाको सुदुर पश्चिममा अवस्थित बलान विहुल गाउँपालिकामा आफुले पहिलो कार्यकालमा विद्युतीकरण, ८ हजार २ सय मिटर गल्लीका सडक ढलानको काम, विभिन्न वडा कार्यालय तथा स्वास्थ्य चौकी निर्माण, बलानबाट विस्थापित दिघिया बस्तीलाई खोलामा बाँध बाँधेर पुर्नस्थापना लगायतका काम पहिलो कार्यकालमा गरेको बताउँदै उनले बाँकी कामका लागि प्रयत्नसिल रहने प्रतिवद्धता दोहोरिएका छन् ।

‘बलान र विहुल खोलाको कारण बाढीको समस्या झेल्दै आएको गाउँपालिकामा नदी नियन्त्रणको काम गर्न बाँकी नै छ’ उनले भने–‘कृषिमा सुधार ल्याएर रोजगारी बढाउने, दुई वटा उद्योग स्थापना गर्ने, शिक्षामा गुणात्मक सुधार गर्ने र समृद्ध गाउँपालिका बनाउनेतर्फ म प्रयत्नशिल रहने छु ।’

बलान खोलाको तटबन्ध निर्माणका लागि गाउँपालिकाको बजेटले मात्र सम्भव नहुने भएका कारण प्रदेश तथा संघीय सरकारसित समन्वय गरी काम पूरा गराएर छोड्ने उनले अठोट व्यक्त गरेका छन् । गाउँपालिकामा दलितहरुको संख्या बढी रहेको र ती मध्ये अधिकांश बेरोजगार रहेका कारण उनीहरुका लागि रोजगारीका विशेष व्यवस्था गर्ने गोइतले प्रतिवद्धता जनाएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस