बोदे बरसाइनमा ट्याक्टर पल्टिदा चेपिएर शिवको मृत्यु

राजविराज । सप्तरीको बोदे बरसाइन नगरपालिकामा ट्याक्टर पल्टिएर एक जनाको मृत्यु भएको छ । वडा नम्वर ७ मुसहरी टोलमा खेतमा लैजाने क्रममा शनिवार साँझ अनियन्त्रित भएर प्र २–०१–००१त २००१ नम्वरको ट्याक्टर पल्टिएको हो ।

ट्याक्टर अनियन्त्रित भएर पोखरीमा पल्टिएको र इन्जिनिमा चेपिएर ट्याक्टर चालक सोही ठाउँका राजिन पौदारको १९ वर्षीय छोरा शिवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

ट्याक्टर नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस