जसपाद्वारा राजविराजमा चुनावी प्रर्दशन

राजविराज, २७ वैशाख । मौन अवधि सुरुको पूर्व सन्ध्यामा जनता समाजवादी पार्टीले मंगलबार दिउँसो राजविराजमा प्रदर्शन गरेको छ। मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएकोले त्यस अगावै राजविराज नगरपालिकाका लागि उक्त पार्टीबाट मेयरका उम्मेदवार रहेका भिमराज यादवका समर्थकहरुले चुनावी प्रदर्शन गरेका हुन् ।

प्रदर्शनपछि शिव मन्दिर प्रागणमा आयोजितसभालाई सम्बोधन गर्दै उम्मेदवार यादवले नगरको विकासकालागि आफुले सोचेका योजनाहरुको विवरण प्रस्तुत गरेका थिए । प्रतिवद्धता पत्र स्वरुप उनले नगरमा सरसफाइको अवस्था सुधार्ने, नगरको सुरक्षामा ध्यान दिने, शिक्षालाई प्राथमिकतामा राखेर वर्षेनी एसईईमा उत्कृष्ट नगर क्षेत्रभित्रका एक–एक जनालाई एमबीबीएस र इन्जिनियरिङको पठनपाठन गर्ने बताए ।

यसैगरी नगरको विस्तारित क्षेत्रलाई ध्यानमा राखेर रिङरोड मार्फत नगरवासीलाई यातायातको व्यवस्था गर्ने, स्वच्छ पिउने पानी उपलब्ध गराउने, प्रदेश तथा केन्द्र सरकारबाट थप बजेट ल्याएर विकासको कामलाई गति दिने, विटौरी जग्गाको लालपूर्जा उपलब्ध गराउन प्राथमिकताका साथ कदम चाल्ने उनले उद्घोषण गरे ।

मेयरका उम्मेदवार यादवले राजरंगशालाको स्तरोन्नति, खेलकुदको विकास, नगरको सौन्दर्यिकरण, गजेन्द्रनारायण सिंह अस्पतालको उपचार सेवामा सुधार लगायतका काम गरी आफु निर्वाचित भए ३ महिनाभित्रै सुधारको प्रत्याभूति दिने प्रतिवद्धता जनाए ।

Author:



क्याटोगरी छान्‍नुहोस