निजी विद्यालयमा पनि सातामा दुई दिन बिदा

जनकपुरधाम । शिक्षा मन्त्रालयले सरकारीसँगै निजी विद्यालयमा पनि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । मन्त्रालयमा बुधबार बसेको बैठकले निजी र सरकारी विद्यालयमा दुई दिन नै बिदा दिने निर्णय गरेको हो ।

सरकारले दुई दिन बिदा दिने निर्णय यसअघि नै गरे पनि मन्त्रालयले भने निजी र सरकारी दुबैमा बिदा लागू हुने निर्णय गरेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए । उनले भने, ‘बिदा दिने निर्णय सरकारले गरेको हो । हामीले प्रष्ट पारिदिएको मात्र हो । शनिबार र आइतबार बिदा हुने भएपछि कसरी मिलाउने भनेर भनेको हो ।’

शनिबार र आइतबार बिदा हुने भएपछि शुक्रबार ४ बजेसम्म पढाइ हुने उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस