त्रुटिरहित आफ्नो जिम्मेवारी वहन गर्न निर्देशन

विराटनगर । प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) अरुणकुमार बिसीले स्थानीय तह निर्वाचनलाई लक्षित गरी त्रुटिरहित आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने कुरालाई ध्यानमा राखेर काम गर्न निर्देशन दिएका छन् ।

उनले आज विहान भिडिओ कन्फरेन्जमार्फत प्रदेशभरका जिल्ला प्रहरी प्रमुखहरुलाई यस्तो निर्देशन दिएका हुन् । उनले सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गराउनेतर्फ सुरक्षा व्यवस्थापन गरेर काम गर्न निर्देशन दिए ।

डिआईजी बिसीले मतदान अघि, मतदानको दिन र मतदान पश्चात प्रहरीले सम्पादन गर्नु पर्ने भुमिका र निर्वाचन सुरक्षाको महत्वपुर्ण जिम्मेवारी पाएको प्रहरीबाट त्रुटिरहित आफ्नो जिम्मेवारी बहन गर्नु पर्ने कुरालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस