मुस्लिम आयोगका अध्यक्ष समिममाथि पैसा बाँडेको आरोप

जनकपुरधाम, २९ वैशाख । मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीमाथि पैसा बाँडेको आरोप लागेको छ । धनुषाको जनकपुरधामस्थित सीताशरण होटलमा बसिरहेका अन्सारीमााथि मतदातालाई रिझाउन पैसा बाँडेको आरोप लागेको हो ।

नेकपा एमालेका कार्यकर्ताहरु होटल नै घेराउ गरेको थियो । पछि प्रहरी टोली पुगेर अन्सारीलाई सुरक्षासहित बाहिर निकालेको छ । प्रहरीले अन्सारी त्यस्तो कुनै गतिविधिमा संलग्न रहेको नदेखिएको जनाएको छ ।

धनुषा प्रहरी प्रवक्ता प्रदीप क्षेत्रीले अन्सारीलाई होटलबाट सिधै एयरपोर्ट पुर्याइएको बताए । ‘पैसा बाँडिरहेको भन्दै हल्ला भएपछि हामी होटल पुगेका थियौं, तर त्यस्तो केही पनि भेटेनौं ।’, उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस