सप्तरीमा एक मतदानस्थलमा तोडफोड, मतदान अधिकृत पनि कुटिए

राजविराज, ३० वैशाख । सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित एक मतदानस्थलमा तोडफोड भएको छ भने मतदान अधिकृतमाथि समेत कुटपिट भएको छ ।

वडा नम्वर २ स्थित हरिरबा जनता मावी मतदान स्थलमा केही व्यक्तिहरुले मतपेटिका तोडफोड गरेका छन् । उनीहरुले मतदानमा खटिएका मतदान अधिकृत विपिन यादवलाई कुटपिट गर्दै मतपेटिका तोडफोड गरेका हुन् ।

कुटपिटबाट मतदान अधिकृत यादव घाइते भएको निर्वाचन अधिकृत शम्भुनाथ मगरले बताए । यादवलाई उपचाको लागि राजविराजतर्फ पठाइएको छ भने घटनापछि तत्काललाई मतदान स्थगित भएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस