रुपनीको एक मतदानस्थलमा विवाद हुँदा ५ राउन्ड हवाइ फायर

राजविराज, ३० वैशाख । प्रहरीले सप्तरीको रुपनी गाउँपालिका–५ बसविट्टी मतदानस्थलमा आज साँझ ५ राउन्ड हवाइ फायर गरेको छ ।

दुई पक्षबीच विवाद भएपछि अवस्था नियन्त्रणमा लिन ५ राउन्ड हवाइ फायर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

‘वर्षाले मतदान केही प्रभावित भएको थियो र पुनः मतदान सुचारु गर्ने विषयमा दुई पक्षबीच विवाद भयो र नियन्त्रणमा लिन ५ राउन्ड हवाइ फायर गरौं’ उनले भने–‘अहिले अवस्था समान्य छ ।’

यता, मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले केहि व्यक्तिहरुले विवाद सुरु गरेपछि हाललाई मतदान रोकिएको बताए । ‘मतदान पुनः सुचारु गर्ने तर्फ पहल हुँदैछ’, उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस