डाक्नेश्वरी–२ मा पुनः मतदान हुने (अपडेट)

राजविराज। मतपेटिका तोडफोड र मतदान अधिकृतमाथि कुटपिट भएपछि स्थगित हुन पुगेको सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ स्थित हरिरबा जनता मावि मतदानस्थलमा पुनः मतदान हुने भएको छ ।

मतदान स्थगित भएपछि बसेको सर्वदलिय बैठकबाट जेठ १ गते पुनः मतदान गर्ने सहमति भएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले जानकारी दिएका छन् । यद्यपी, कहिले मतदान गर्ने विषयमा निर्वाचन आयोगले नै समय निर्धारण गर्ने उनले बताए ।

‘उहाँहरुबाट जेठ १ गते मतदान गर्ने कुरा आएको छ । हामीले त्यही कुरा आयोगलाई जानकारी गराइदिने हो’ उनले भने–‘समय निर्धारण भने आयोगले नै गर्नेछ ।’

मतदानस्थलमा भएको कुटपिटमा परेर घाइते भएका मतदान अधिकृत विपिन यादवको उपचार भइरहेको जनाएको छ ।

सप्तरीमा एक मतदानस्थलमा तोडफोड, मतदान अधिकृत पनि कुटिए

Author:



क्याटोगरी छान्‍नुहोस