विराटनगर महानगरको मतगणना सुरु

विराटनगर। विराटनगर महानगरपालिकाको मतगणना सुरु भएको छ। भर्खरै सर्वदलीय बैठक सकिएपछि मतगणना सुरु भएको हो।

वडा नम्बर १, २, १६, १७, १८ र १९ बाट गणना सुरु गरिएको हो। एकसाथ धेरै ठाउँमा मतगणना भइरहेको छ।

विराटनगरमा कुल १९ वटा वडाहरु रहेका छन् । विराटनगर महानगर पालिकामा जम्मा मत ८९ हजार ८ सय ९६ खसेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस