रुपनीमा किन स्थगित भयो मतदान ?

सप्तरी । रुपनी गाउँपालिका–५ स्थित गाविस भवन बसविट्टी मतदानस्थलमा शुक्रवार बेलुकी मतदान भइरहेको बेला दुई पक्षबीच विवाद हुँदा प्रहरीले ५ राउन्ड हवाइ फायर गरे । वर्षाले प्रभावित हुन पुगेको मतदान बेलुकीतिर पुनः सुचारु गरिएको थियो ।

सोही क्रममा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका कार्यकर्ताबीच विवाद भएको थियो । विवाद भएपछि अवस्था नियन्त्रणमा लिन ५ राउन्ड हवाइ फायर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । ‘वर्षाले मतदान प्रभावित भएको थियो र पुनः मतदान सुचारु गर्ने विषयमा दुई पक्षबीच विवाद भयो र नियन्त्रणमा लिन ५ राउन्ड हवाइ फायर गरौं’ उनले भने–‘र, अवस्था समान्य भयो ।’

अवस्था समान्य भएसँगै पुनः मतदान सुरु भएर सम्पन्न पनि भयो । तर, निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गर्दै मतदान स्थगित भएको जनाए ।

‘मतदान कार्य सुचारु भइरहेको अवस्थामा करिब दिउँसो सवा ४ बजेतिर पानी परेको र पानी पर्न रोकिएपछि पुनः मतदान कार्य सुचारु गर्ने क्रममा उपस्थित भीड उत्तेजित भएको कारण सुरक्षा व्यवस्था मिलाउन सुरक्षाकर्मीबाट हवाइ फायर गरिएको र सोबाट उपस्थित मतदाताहरुको भीड तितर–वितर भई मतदान कार्यलर्य व्यवस्थित रुपबाट अघि बढाउन नसकिएको साथै मतदाताहरुले स्वभाविक मतदान गर्न पाउने अवस्थाबाट वञ्चित हुने अवस्था सिर्जना भएको कारण आजको मतदान कार्य स्थगित गरिएको छ ।’ सूचनामा कारण देखाइएको छ ।

सूचनासँगै मतदान कायम रहनुपर्ने माग गर्दै मतदाता र केही राजनीतिक दलका नेताहरुले प्रदर्शन थाले । ‘हवाइ फायर भएर मतदान स्थगित नै गर्नुपर्ने थियो भने पुनः (हवाइ फायरपछि) मतदान सुचारु किन गरियो?’ जसपाबाट गाउँपालिका अध्यक्ष पदको प्रत्यासी रहेका हरेराम यादवले भने–‘यस वडामा हाम्रो मत ६० प्रतिशत जति छन्, त्यसैले अन्यहरु सबै मिलेर विवाद गरायो ।’

प्रदर्शनले राति ८ बजेदेखि साढे ११ बजेसम्म अवस्था तनावपूर्ण रह्यो । राजविराज–रुपनी सडक खण्ड अन्तर्गत पर्ने ठाउँमा सडक समेत अवरुद्ध बन्न पुग्यो । अवस्थालाई नियन्त्रणमा राख्न नेपाली सेना, नेपाल र सशस्त्र प्रहरीतनावपूर्ण अवस्थारह्यो ।

मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले अब सर्वदलिय बैठकबाट सहमति पछि मतदान गरिने बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस