सप्तरीका ९ स्थानीय तहमा मतगणना सुरु

राजविराज, ३१ वैशाख । सप्तरीमा ९ वटा स्थानीय तहमा मतगणना सुरु भएको छ । चार नगरपालिका र पाँच गाउँपालिकामा मतगणना सुरु भएको हो ।

नगरपालिकातर्फ सप्तकोशी, कञ्चनरुप, हनुमाननगर कंकालिनी र खडक तथा गाउँपालिकातर्फ तिरहुत, महदेवा, अग्निसाइर कृष्णसवरन, तिलाठी कोइलाडी र विष्णुपुरमा मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेशप्रसाद जोशीले जानकारी दिए ।

उनले केहीमा सर्वदलिय बैठक जारी रहेको तथा केहीमा सर्वदलीय बैठक बस्ने तयारी भइरहेको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस