सप्तरीको तिरहुतमा कांग्रेसका यादव निर्वाचित

राजविराज, ३ जेठ । सप्तरीको तिरहुत गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ । सम्पन्न मत गणनाको नतिजाअनुसार अध्यक्ष र उपाध्यक्ष गरी दुवै पदमा कांग्रेसले विजयी हासिल गरेको हो ।

अध्यक्षमा विजय कुमार यादवले ५७० मतान्तरले विजयी भएका हुन् । यादवले ३ हजार ५५६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी निवर्तमान अध्यक्ष समेत रहेका जनता समाजवादी पार्टीका उम्मेदवार हेमन्तकुमार बहडखेरले २ हजार ९८६ मत प्राप्त गरे ।

त्यस्तै, उपाध्यक्षमा पनि कांग्रेसकै विणादेवी यादवनीले ३ हजार ५१ मत ल्याएर निर्वाचित भएकी छिन् । उनका प्रतिस्पर्धी जसपाकी रामवती देवी मण्डलले ३ हजार २० मत प्राप्त गरेकी हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस