डाक्नेश्वरीमा एमालेलाई पछि पार्दै जसपाले बनाए अग्रता

राजविराज, ३ जेठ । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा नेकपा एमालेलाई पछि पार्दै जनता समाजवादी पार्टी (जसपा)ले अग्रता लिएको छ ।

पछिल्लो मतपरिणामअनुसार एमालेबाट मेयरका उम्मेदवार रामलखन मलाहलाई ६३ मतले पछि पार्दै जसपाका बेचु साहले अग्रता बनाएका हुन् ।

साहले १ हजार ९१ मतकासाथ अग्रता बनाएका हुन् । मलाहले १ हजार ६३ मतका साथ पछ्याइरहेका छन् ।

सप्तरीको डाक्नेश्वरी नपा अपडेटः

एमाले मेयर–रामलखन मलाहः १०६३
एमाले उपमेयरः मीराकुमारी यादवः ११२५

जसपा मेयर–बेचु साहः १०९१
जसपा उपमेयर–इन्दुदेवी यादवः १०२४

कांग्रेस मेयर– नारायण यादवः ६१६
कांग्रेस उपमेयर–विमलादेवी साहः ६२९

लोसपा मेयर–अमरकान्त चौधरीः २५८
लोपसा उपमेयर–रामकुमारी रायः १८५

Author:



क्याटोगरी छान्‍नुहोस