सप्तरीको सप्तकोशीमा कांग्रेसको जित

राजविराज, ३ जेठ । सप्तरीको सप्तकोशी नगरपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । सम्पन्न मत गणनाको नतिजाअनुसार मेयर र उपमेयर दुवै पदमा कांग्रेसले जित हासिल गरेको हो ।

मेयरमा कृष्ण ढकालले ४ हजार ४६९ र उपमेयरमा रिताकुमारी चौधरीले ३ हजार ९५८ मत ल्याएर निर्वाचित भएका छन् ।

मेयरमा ढकालका निकटतम प्रतिस्पर्धी निवर्तमान मेयर नेकपा एमालेका उम्मेदवार उत्तमकुमार शर्माले २ हजार ९६७ मत प्राप्त गरे ।

त्यस्तै, उपमेयरकी प्रतिस्पर्धी एमालेकी संगीताकुमारी चौधरी २ हजार २०० मत प्राप्त गरेकी छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस