बोदे बरसाइनमा जसपाका आतेशको अग्रता कायमै

राजविराज, ३ जेठ । सप्तरीको बोदे बरसाइन नगरपालिकाको मेयर र उपमेयरमा जनता समाजवादी पार्टी (जसपा)ले अग्रता कायमै रहेको छ । जसपाबाट मेयरका उम्मेदवार आतेशकुमार सिंहले ३ हजार ५१९ र उपमेयरका उम्मेदवार रेणुकुमारी साहले ३ हजार ४९ मतका साथ अग्रता बनाएर राखेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयबाट सार्वजनिक गरिएको पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसबाट मेयर र उपमेयर पदका उम्मेदवारले जसपाका उम्मेदवारलाई पछ्याइरहेका छन् ।

कांग्रेसबाट मेयरका उम्मेदवार दिपेन्द्रकुमार यादवले २ हजार ३५७ मतका साथ सिंहलाई पछ्याइरहेका छन् । त्यस्तै, कांग्रेसकी पुनिताकुमारी साहले २ हजार ४५९ मतकासाथ रेणुकुमारीलाई पछ्याइरहेकी छिन् ।

बोदे बरसाइन अपडेटः
जसपा मेयर–अतेशकुमार सिंहः ३५१९
जसपा उपमेयर– रेणुकुमारी साहः ३०४९

कांग्रेस मेयर– दिपेन्द्रकुमार यादवः २३५७
कांग्रेस उपमेयर–पुनिताकुमारी साहः २४५९

एमाले मेयर–अनोजकुमार यादवः २२८८
एमाले उपमेयर–कविताकुमारी साहः १७५५

लोसपा मेयर–अमरेन्द्रप्रसाद यादवः १५९५
लोपसा उपमेयर–ममताकुमारी साहः १२९६

माओवादी केन्द्र मेयरः ८६७
माओवादी केन्द्र उपमेयरः १३३१

जनमत पार्टी मेयरः ५६६
जनमत पार्टी उपमेयरः ७२४

Author:

क्याटोगरी छान्‍नुहोस