सप्तरीमा लोसपाले खोल्यो खाता, महादेवाको अध्यक्ष र उपाध्यक्षमा विजयी

राजविराज, ४ जेठ । सप्तरीको महादेवा गाउँपालिकाको अध्यक्षमा र उपाध्यक्ष गरी दुवै पदमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार निर्वाचित भएका छन् ।

लोसपाबाट अध्यक्षमा सुनिलकुमार मण्डल र उपाध्यक्षमा अर्जनाकुमारी यादव निर्वाचित भएका हुन् ।

मण्डलले ४ हजार ५७० मत र यादवले ३ हजार ८६७ मत प्राप्त गर्दै विजयी भएका छन् । अध्यक्ष पदका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिपककुमार यादवले २ हजार २०५ र उपाध्यक्ष पदका निकटतम प्रतिद्वन्द्वी कांग्रेकै शुषमाकुमारी मण्डलले २ हजार २५३ मत प्राप्त ल्याएका छन ।

Author:



क्याटोगरी छान्‍नुहोस