निवर्तमानलाई हराउँदै विष्णुपुरको अध्यक्षमा जसपाका यादव निर्वाचित

राजविराज, ५ जेठ। सप्तरीको विष्णुपुर गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)ले जितेको छ । जसपाका उम्मेदवार उमेशप्रसाद यादव निर्वाचित भएका छन् ।

उनले ३ हजार १६४ मत प्राप्त गरी नेपाली कांग्रेसका उम्मेदवार एवम् निवर्तमान अध्यक्ष समेत रहेका लिलाम्बर यादवलाई पराजित गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका लिलाम्बरले २ हजार ८ सय ११ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी रेणुकुमारी यादव निर्वाचित भएकी छन् । रेणुकुमारीले ३ हजार ३ सय ६५ मत प्राप्त गरिन् । उनको निकटतम प्रतिस्पर्धी जसपाकी उषाकुमारी साहले ३ हजार ४६ मत प्राप्त गरेकी छिन् ।

Author:



क्याटोगरी छान्‍नुहोस