शम्भुनाथको मेयरमा नेकपा एसका जितेन्द्रको जित

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकाको मेयर र उपमेयर दुबै पदमा नेकपा (एकीकृत समाजवादी) जितेको छ ।

मेयरमा एसका उम्मेदवार जितेन्द्रप्रसाद गुप्ता कलवार (नुनु)ले ५ हजार ३९२ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिपेन्द्र चौधरीले ४ हजार १ सय ४३ मत प्राप्त गरे । यसैगरी उपमेयरमा पनि एसकै अनिता चौधरी ४ हजार ९ सय ९८ मत प्राप्त गर्दे विजयी भएकी छिन् ।

निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी जलपनाकुमारी सरदारले ४ हजार २ सय ७१ मत प्राप्त गरिन् ।

Author:



क्याटोगरी छान्‍नुहोस