सुरुङ्गाको मेयरमा कांग्रेसकी गीता चौधरी निर्वाचित

राजविराज, ५ जेठ । सप्तरीको सुरुङ्गा नगरपालिकाको मेयर र उपमेयर दुबै पदमा नेपाली कांग्रेसका उम्मेदवारी निर्वाचित भएका छन् । मेयरमा गीता चौधरी र उपमेयरमा रुद्रबहादुर कार्की निर्वाचित भएका हुन् ।

मेयरमा निर्वाचित चौधरीले ७ हजार २९२ मत पाएकी छिन् भने उपमेयरमा निर्वाचित कार्कीले ६ हजार २७५ मत पाएका हुन् ।

मेयर पदका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकिकृत समाजवादी)का रामनारायण चौधरीले ४ हजार २१७ र उपमेयर पदकी निकटतम प्रतिद्वन्द्वी एकिकृति समाजवादीकै सुनिताकुमारी मुखियाले ३ हजार ९९८ मत प्राप्त गरिन् ।

Author:



क्याटोगरी छान्‍नुहोस