स्थानीय निर्वाचन : कांग्रेस खुसी, एकीकृत समाजवादी बेखुसी

काठमाडौं। स्थानीय तहको निर्वाचनअन्तर्गत मतपरिणाम आउने क्रम जारी छ । एक सातादेखि जारी मतगणनामा अधिकांश गाउँपालिका र नगरपालिकाहरूको मतपरिणाम सार्वजनिक भइसकेको छ भने महानगर र उपमहानगरपालिकाको मतगणना जारी नै छ ।

यो समाचार तयार पार्दासम्म करिब ६ सय ६३ स्थानीय तहको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ, जसमा नेपाली कांग्रेसले ३ सय ५, नेकपा एमाले १ सय ८८, नेकपा माओवादी केन्द्रले १ सय २०, जनता समाजवादी पार्टीले २४, नेकपा एकीकृत समाजवादीले १७ र लोकतान्त्रिक समाजवादी पार्टीले १० स्थानीय तहमा विजयी हासिल गरेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बनेको नेकपा एमालेले यस पटकको निर्वाचनमा विरासत जोगाउन सकेन । यता सत्ता गठबन्धन बनाएर स्थानीय तहको निर्वाचनमा सहभागी भएको पाँच दलीय गठबन्धनभित्र भने चुनावी परिणामको विषयलाई लिएर असन्तुष्टि चुलिएको छ । गठबन्धनको लाभ सबैभन्दा बढी नेपाली कांग्रेसलाई पुगेको छ । नेपाल समाचारपत्रबाट

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780