विराटनगरमा मेयरमा कांग्रेसका कोइराला र उपमेयरमा एमालेकी कार्की विजयी

विराटनगर, ७ जेठ । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवारी निर्वाचित भएका छन् । मेयरमा नागेश कोइराला ८ हजार ७१५ मतको अग्रतासहित विजयी हुँदा उपमेयरमा नेकपा एमालेकी उम्मेदवार शिल्पा कार्की ११ हजार ४६१ मत अन्तरले विजयी भएका हुन् ।

मेयरमा नागेशले ३० हजार १७० मत प्राप्त गरेर विजयी भएका छन् । उका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका मेयरका उम्मेदवार सागर थापाले २१ हजार ४५५ मत प्राप्त गरे । त्यस्तै, स्वतन्त्र उम्मेदवार उमेश यादवले ८ हजार ७९५ मत प्राप्त गरे ।

साथै राप्रपाका उम्मेदवार प्रह्लाद साहले ५ हजार २१६ मत प्राप्त गरे । त्यस्तै, उपमेयरमा नेकपा एमालेकी शिल्पाले २५ हजार ६८० मत प्राप्त गरेर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्धन्द्धी जसपा उम्मेदवार अमरेन्द्र यादवले १४ हजार २ सय १९ मत प्राप्त गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस