बोदे बरसाइनको मेयरमा दोस्रो कार्यकालका लागि आतेश निर्वाचित

राजविराज, ६ जेठ । सप्तरीको बोदे बरसाइन नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा आतेशकुमार सिंहंले ४१३ र उपमेयरमा रेणुकुमारी साहले २१८ मतान्तरले निर्वाचित भएका हुन् ।

मेयरमा आतेशले कुल ५ हजार ६९३ मत प्राप्त गरेका छन् । निर्वाचित आतेश निर्वतमान मेयर समेत हुन् । सप्तरीमा हालसम्म सार्वजनिक भएको नतिजाअनुसार दोस्रो कार्यकालका लागि मेयर पदमा निर्वाचित हुनेमा उनी पहिलो हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिपेन्द्रकुमार यादवले ५ हजार हजार २८० प्राप्त गरे । त्यस्तै, उपमेयरमा निर्वाचित भएकी रेणुले कुल ५ हजार १५४ मत प्राप्त गरिन् । उपमेयर पदकी निकटतम प्रतिस्पर्धी कांग्रेसकै पुनिताकुमारी साहले ४ हजार ९३६ मत प्राप्त गरिन् ।

Author:



क्याटोगरी छान्‍नुहोस