सप्तरीमा एक नवनिर्वाचित वडा सदस्यको निधन

राजविराज, ६ जेठ। सप्तरीको राजगढ गाउँपालिकाका एक नवनिर्वाचित वडा सदस्यको आज विहान निधन भएको छ । वडा नम्वर ५ को सदस्यमा पदमा निर्वाचित ६९ वर्षीय राजेन्द्र सुतिहारको निधन भएको हो ।

विहिवार मतपरिणाम सार्वजनिक भएपछि निकालिएको विजय जुलुसमा सहभागी भएर साँझ घर फर्किएका थिए । खाना खाएर सुनेतका उनलाई विहान उठाउन जाँदा मृत भेटिएको वडाध्यक्ष देवेन्द्र साहले जानकारी दिए ।

मृतक सुतिहार जनता समाजवादी पार्टी (जसपा)बाट वडा सदस्यमा सर्वाधिक ४७४ मत ल्याएर निर्वाचित भएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस