राजविराजमा जसपाबाट मेयरमा भिमराज र उपमेयरमा इसरत निर्वाचित

राजविराज । सप्तरीको राजविराज नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार निर्वाचित भएका छन् ।

मेयरमा भिमराज यादवले ४ हजार ८१७ र उपमेयरमा इसरत प्रविणले २ हजार ८३७ मतान्तरले निर्वाचित भएका हुन् ।

मेयरमा भिमराजले कुल ९ हजार ६२४ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका शम्भुप्रसाद यादवले ४ हजार ८०७ प्राप्त गरे । प्रतिस्पर्धी शम्भुप्रसाद निवर्तमान मेयर पनि हुन् ।

त्यस्तै, उपमेयरमा निर्वाचित भएकी इसरतले कुल ७ हजार २६४. मत प्राप्त गरिन् । उपमेयर पदकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी शुशिलाकुमारी यादवले ४ हजार ४२७ मत प्राप्त गरिन् ।

Author:



क्याटोगरी छान्‍नुहोस