सप्तरीको कञ्चनरुप नगरपालिकामा कांग्रेस विजयी

राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा ललनप्रसाद गुप्ता र उपमेयरमा मुनाकुमारी पोखरेल निर्वाचित भएका हुन् ।

गुप्ताले ७ हजार ८८९ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का भोलाकुमार पासवानले ५ हजार ७०४ प्राप्त ल्याएका हुन् ।

त्यस्तै, उपमेयरमा निर्वाचित भएकी पोखरेलले ७ हजार ७४ मत प्राप्त गरिन् । उपमेयर पदकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी कल्पना चौधरीले ५ हजार ५४७ मत प्राप्त गरिन् ।

Author:



क्याटोगरी छान्‍नुहोस