कक्षा १२ पढेर २० वर्ष पारी विहे गर्ने छोरीलाई गाउँपालिकाले ५० हजार दिने

जनकपुरधाम । सर्लाहीको चन्द्रपुर गाउँपालिकाले कक्षा १२ पुरा गरेर २० वर्ष पारी विवाह गर्ने छोरीलाई सम्मानस्वरुप ५० हजार रुपैयाँ दिने भएको छ।

गाउँपालिकाका अध्यक्ष राज कुमार महतोले शुक्रबार पदभार ग्रहण गर्दै पालिकाभित्रका छोरीहरुले उच्च शिक्षा पुरा गरी २० वर्ष पारी विवाह गरे सम्मान स्वरुप ५० हजार रुपैयाँ दिने पहिलो निर्णय गरेका हुन्।

सो पालिकामा वर्षेनी अत्यधिक मात्रामा हुने बाल विवाहलाई निरुत्साहित गर्न यस्तो निर्णय गरेको अध्यक्ष महतोले बताए।

‘हाम्रो पालिकामा वर्षेनी ५० भन्दा बढी बालविवाह, २० भन्दा कम उमेरमा भागी विवाहको घटना हुने गरेको छ’ उनले भने, ‘त्यसलाई निरुत्साहित गरि अवसरको रुपमा शिक्षाको मूलधारमा ल्याउन र आत्मनिर्भर बनाउन यस्तो निर्णय गरेका हौं।’

उनले कक्षा १२ अनिवार्य र २० वर्षपछि छोरीले विवाह गरे बालविवाह, भागी विवाह, लैङ्गिक हिंसा, घरेलु हिंसाको अन्त्य गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। यसले गरिब, दलित सहित सबै परिवारका छोरीलाई शिक्षाको मूलधारमा ल्याई उच्च शिक्षा तिर डोर्‍याउनेमा मद्दत पुग्ने स्थानीय पँचु माझीले बताए।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780