भयरहित समाज निर्माणका लागि सबैको सहयोग आवश्यकः उपाध्यक्ष चौधरी

राजविराज, २१ जेठ । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकाकी उपाध्यक्ष कल्पना कुमारी चौधरीले अवाञ्छित तथा अपराधिक क्रियाकलाप नियन्त्रणमा प्रहरीलाई पुर्ण रुपले सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएकी छिन् ।

शनिवार ईलाका प्रहरी कार्यालय महुलीले आयोजना गरेको परिचात्मक तथा अवाञ्छित गतिविधि चोरी, लागू औषध एवम् मदिरा नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिबद्वता जनाएकी हुन् । ‘गाउँपालिकामा बढ्दै गएको अवैध गतिविधि र अपराध नियन्त्रणमा प्रहरीले देखाएको सक्रियता प्रसंशायाग्य छ’ उनले भनिन्–‘शान्ति सुरक्षा कायम राख्न प्रहरी मात्रको एकल प्रयासले हुँदैन । भयरहित समाज निर्माणका लागि सबैको सामुहिक सहयोग आवश्यक छ ।’

त्यसमा गाउँपालिकाले सहयोग गर्न प्रतिबद्ध रहेको उनको भनाई थियो । ‘युवा पुस्तामा लागू औषध दुर्व्यसनी बढ्दो रहेको प्रति हामी चिन्तित छौं, यस विरुद्ध हामी सबै लागौं’ उनले भनिन् ।

ईलाका प्रहरी कार्यालय महुलीका नव आगन्तुक प्रमुख प्रहरी नायव निरीक्षक मो.सागिर राईनले सौर्स, पैरवी मुक्त निष्पक्ष सेवाका लागि आफू प्रतिबद्ध रहेको बताए । ‘प्रहरी सेवामा सर्वसाधारण जनताको पहुँच आवश्यक छ’ उनले भने–‘कुनै प्रकारको उजुरी, निवेदन वा समस्या लिएर सिँधै प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह छ ।’

प्रहरी नायव निरीक्षक राईनको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा १ का वडाध्यक्ष सवदुल खलिफा, २ का पशुपति प्रसाद चौधरी, ३ का गोपाल प्रसाद चौधरी, ४ का तेज नारायण यादव, ६ का कार्यबाहक वडा अध्यक्ष तेतर चौधरी, समाजसेवी दिब्यराज सुवेदी, भुवन आचार्य, संचारकर्मी प्रिया सिंह थारुले मनतव्य व्यक्त गरेका थिए ।

पत्रकार बृजमान तामाङले सञ्चालन गरेको कार्यक्रममा नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षका प्रत्यासी उम्मेदवार रघु कुमार सिंह थारू, नेपाली काँग्रेसका क्षेत्रीय सभापति दुर्गा भट्टराई, जनमत गाउँपालिका अध्यक्ष ललित कुमार यादव, एमालेका गाउँपालिका सचिब विनोद चौधरी, होटल ब्यबसायी डिल्लीराज अधिकारी, मावि जण्डोलका प्रधानाध्यापक कामेश्वर मण्डल लगायतले समेत शुभकामना मनतव्य व्यक्त गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस