त्रिविको प्रश्नपत्र हुबहुः छानबिन समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)लिएको परीक्षामा भएको सोधिने प्रश्न पत्रका सम्बन्धमा छानबिन समिति गठन गरेको छ ।

प्रश्नपत्र हुबहु सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको रजिस्ट्रार तथा केन्द्रीय परीक्षा समितिका अध्यक्ष प्रा. डा. पेशल दाहालले जानकारी दिए । प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको उनले बताए ।

रजिस्ट्रार प्रा. डा. दाहालले छानबिन समितिले एक हप्ताभित्र प्रतिवेदन बुझाउन भनिएको बताए । त्रिविको स्नातकोत्तर तह मानविकी तथा समाजशास्त्र सङ्कायको परीक्षाका दुई विषयको परीक्षामा अघिल्लो वर्षको प्रश्नपत्र हुबहु गरिएको देखिएपछि त्रिविले छानबिन समिति गठन गरेको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस