बस्तीमा जंगली चितुवाको त्रास, आठ घण्टापछि नियन्त्रणमा लिइयो

विराटनगर, ३० जेठ । सुनसरीको इटहरी उप–महानगरपालिका–६ र ९ को सीमानामा पर्ने एकता टोलमा देखिएको जंगली चितुवा ८ घण्टापछि नियन्त्रणमा लिइएको छ ।

विहानै चितुवा बस्तीमा बसेसँगै स्थानीयहरु त्रसित बनेका थिए । स्थानीयहरुले प्रहरी, कोशी टप्पु वन्यजन्तु आरक्षा र जिल्ला वन कार्यालयमा जानकारी गराएका थिए ।

आरक्षका प्राविधिक टोली, वनका कर्मचारी, प्रहरी, जनप्रतिनिधि र स्थानीयको सहयोगमा ८ घण्टापछि चितुवालाई नियन्त्रण लिन सफल भएका हुन् । दिउँसो १ बजेतिर चितुवालाई नियन्त्रणमा लिइएको वडा ६ का वडाध्यक्ष दिनेश प्रधानले बताए ।

सो चितुवालाई चितवन राष्ट्रिय निकुञ्ज पठाइने जनाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस