जिसस मोरङमा एमालेको प्यानलै निर्वाचित

मोरङ । जिल्ला समन्वय समिति (जिसस) मोरङको प्रमुखमा नेकपा (एमाले)का अजम्बर राई विजयी भएका छन् । उपप्रमुखमा पनि एमालेकै उषा झा विजयी भएकी हुन् ।

दुवैजनाले २१÷२१ मत ल्याएका छन् । प्रमुख पदका उम्मेद्वार नेपाली कांग्रेसका जितेन्द्र अग्रवालले १३ र उपप्रमुखमा कांग्रेसकै निलमकुमारी सरदारले १३ मत ल्याएका छन् । त्यस्तै महिला सदस्यमा एमालेकै उमा नेपाली, उर्बसी कुमारी थगारु, हरिमाया विश्वकर्मा विजयी भएका छन् ।

अन्य सदस्यमा पनि एमालेका तुलसी प्रसाद घिमिरेले र देवमणि कटुवाल विजयी भएका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस