सार्वजनिक जग्गा भूमाफियाहरुको कब्जामा

बारा । बाराको हाल कोल्हवी नगरपालिका वडा नं. १ स्थित बजार क्षेत्रको किता नं. १०९ को ५ विघा ४ कठ्ठा सार्वजनिक जमिन भूमाफियाले हड्प्न थालेको भन्दै आवाज उठेको १० वर्ष बित्नै लागेको छ । तर अझै पनि यो जमिन सार्वजनिक हुन सकेको छैन ।

स्थानीय निकाय होस्, वा प्रदेश अनि संघको चुनाव ताका जमिन सार्वजनिक बनाई छाड्ने नेताहरुले प्रतिवद्धता व्यक्त गर्ने गरे पनि चुनाव सकिएसँगै सबै मौन बस्दै आएका छन् । बाराको कोल्हवी नगरपालिका वडा नं. १ स्थित बजार क्षेत्रको किता नं. १०९ को ५ विघा ४ कठ्ठा सार्वजनिक जग्गा ब्यक्तिले जग्गाधनी पूर्जा लिएको रहस्य बाहिर आएसँगै सचेत स्थानीयहरु त्यसविरुद्ध निरन्तर लागि परेको १० वर्ष भई सक्यो । तर अझै सम्म पनि सो सार्वजनिक जमिनको अझै छिनोफानो भएको छैन ।

यस क्षेत्रको मध्य भागमा वर्षौदेखि हाटबजार लाग्दै आइरहेको छ । वर्षौदेखि ब्यापार, ब्यावसाय सञ्चालन गर्दै आइरहेका ब्यापारीहरुले पनि पक्की संरचना तयार गरि आफ्ना ब्यवसायहरु चलाउँदै आएका छन् । यही सार्वजनिक जमिनमा आँखा गाँड्दै भूमाफिया गिरोहले विभिन्न प्रपञ्च रच्दै सार्वजनिक जमिन हत्याउन लागि परि रहेका छन् । नेपाल समाचारपत्रबाट

Author:



क्याटोगरी छान्‍नुहोस