चार वर्षकै अवधिमा ६ करोड भ्रष्टाचार गरेको भन्दै यी कर्मचारीविरुद्ध मुद्दा दर्ता

जनकपुरधाम, ३ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुडी, झापाका तत्कालीन बरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारी विरुद्ध विशेष अदालत काठमााडौंमा मुद्दा दर्ता गरेको छ ।

उनी चार वर्ष सार्वजनिक पदमा वहाल रहँदा पदको दुरुपयोग गरी ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको अख्तियारले दाबी गर्दै मुद्दा दर्ता गरेको हो । भण्डारी २०७३ साल असोज २१ गते रापअनं प्रथम श्रेणी बरिष्ठ व्यवस्थापन सहायक पदबाट सार्वजनिक सेवामा प्रवेश गरी २०७७ साउन १ मा स्वेच्छिक अवकाश भएका थिए ।

भण्डारीले सेवा प्रवेश गरेको मितिदेखि २०७८ पुस मसान्तसम्मलाई जाँच अवधि कायम गरी आयोगले आय व्यय गणना गर्दा पारिश्रमिक, श्रीमतीको पारिश्रमिक बचत, कर्मचारी संचय कोषबाट लिएको ऋण सापटी, निज सार्वजनिक सेवा प्रवेश पूर्वको बचत (जाँच अवधि अघिको बचत) समेत गरी जम्मा २६ लाख ६१ हजार ६३६ रुपैयाँ ९ पैसा आर्जन गरेको अख्तियारले जनाएको छ ।

तर, उनको खर्च तथा लगानी (व्यय) तर्फ जग्गा खरिद, बिभिन्न बैंक तथा हाइड्रोपावर कम्पनीहरूको शेयर खरिद र विभिन्न बैंकमा रहेको मौज्दातसमेत गरी जम्मा ६ करोड ५० लाख ६५ हजार ६४२ रुपैयाँ ५३ पैसा देखिएको भन्दै अख्तियारले ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ ४४ पैसाको स्रोत नखुलेको जनाएको छ ।

भण्डारीमाथि ६ करोड २४ हजार ४ हजार ६ रुपैयाँ ४४ पैसा बिगो कायम गरी विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डलले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस