विराटनगर महानगरपालिकाको बजेट ३ अर्ब ६२ करोड ५५ लाख

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षको कूल ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगरसभाको १०औँ अधिवेशनमा सो बजेट प्रस्तुत गरिएको हो ।

महानगरकी उपमेयर शिल्पा निराला कार्कीले वाचन गरेकी बजेटमा आगामी वर्ष सञ्चालन हुने मुख्य आयोजनामा वडास्तरीय आयोजनामा ४१ करोड ६८ लाख १७ हजार, नगरस्तरीय आयोजनाका लागि ३० करोड, बहुवर्षीय तथा गौरवका आयोजनाका लागि २९ करोड विनियोजन गरिएको छ ।

त्यस्तै, क्रमागत योजनाको भुक्तानीका लागि ४० करोड, आरयुडिपीबाट निर्माण भएकालगायतका कालोपत्र सडकसमेत गरी मर्मतसम्भारमा १४ करेड, अन्य पूर्वाधारतर्फ ९ करोड ८० लाख, फोहर पानी प्रशोधन केन्द्रका लागि २ करोड ५० लाख र समपूरक कोषमा ४ करोड ८० लाख विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षको अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये सङ्घीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ एक अर्ब २१ करोड ८५ लाख र प्रदेश सरकारतर्फ ४ करोड ९१ लाख ९७ हजार, राजस्व बाँडफाँट १ अर्ब १३ करोड ९९ लाख ७० हजार, आन्तरिक आय १ अर्ब, जनसहभागिता ८ करोड, अन्य अनुदान तथा ऋण १० करोड १९ लाख र अन्य सङ्घसंस्था ३ करोड ६० लाख हुने बजेटमा अनुमान गरिएको छ ।

सो व्ययमध्ये कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ५५ करोड ३५ लाख ५० हजार, पूर्वाधार विकासतर्फ १ अर्ब ८९ करोड ७१ लाख १७ हजार, आर्थिक विकासतर्फ २७ करोड ७३ लाख, सामाजिक विकासतर्फ ७८ करोड ३९ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ७ करोड ७७ लाख खर्च हुने बजेटमा अनुमान गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780