मुख्यमन्त्री राउतको निर्देशन–विपद्को जोखिम न्यून पार्न तयारी अवस्थामा बस्नुस्

जनकपुरधाम, १७ असार । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बाढीबाट प्रभावित हुनसक्ने क्षेत्रको पहिचान गरी जोखिम न्युन पार्नका लागि तयार अवस्थामा बस्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

मधेश प्रदेश सरकार र नेपाली सेनाको संयुक्त आयोजनामा बन्दिपुरस्थित कमला ब्यारेजमा शुक्रवार आयोजना गरिएको प्रदेश स्तरीय विपद् व्यवस्थापन संयुक्त अभ्यासको अवलोकन गर्दै उनले यस्तो बताएका हुन् । ‘सुरक्षा निकायहरुले विपद् प्रतिकार्यका लागि गरेको तयारी उत्तम छ, तसर्थ विपदको समयमा हुनसक्ने जनधनको क्षति न्युनि पार्नका लागि तयारी अवस्थामा बस्नुस्’ उनले भने ‘बाढीबाट वर्षेनी जोखिमम पर्दै आएका क्षेत्रको पहिचान अहिले नै गरी जोखिम न्युनिकरणको लागि पूर्व तयारीमा कुनै कसर बाँकी नराखौं ।’

मुख्यमन्त्री राउतले प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको मधेश प्रदेशमा विपद् न्युनिकरणको लागि तीनै तहका सरकारहरुबीच समन्वय र सहकार्यका साथै संयुक्त संयन्त्र निर्माण हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बाढीबाट जनधनको क्षति न्युनिकरणका लागि गरिने प्रयासहरुबारे विभिन्न नमूना प्रस्तुत गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780