भ्रष्टाचारको आरोपमा विराटनगरकी पूर्व उपमेयर, वडाध्यक्ष र कर्मचारीविरुद्ध मुद्दा

विराटनगर । भ्रष्टचार गरेको आरोपमा विराटनगर महानगरपालिकाकी पूर्व उपमेयर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर र वडाध्यक्ष सहितका ९ जना विरुद्ध विषेश अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रवार पूर्व उपमेयर इन्दिरा कार्की र वडा–१५ का वडाध्यक्ष असलम आलमविरुद्ध मुद्दा दायर गरेको हो । दुवै जनामाथि ५ लाख ८ हजार ६ सय ६९ रुपैयाँ बिगो कायम गर्दै जरिवाना र कैद सजाय माग गरिएको छ ।

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, इन्जिनियर गोपाल पोखरेल र पुष्पक प्रधान, सब इन्जिनियर मो.इफतेखार आलम विरुद्ध दायर गरिएको आरोप पत्रमा १० लाख ५५ हजार ९ सय ७९ बिगो कायम गर्दै जरिवाना र कैद पनि माग गरिएको छ ।

त्यस्तै, उपभोक्ता समितिका अध्यक्ष बलदेव साहु, सचिव दिनानाथ आचार्य र कोषाध्यक्ष कल्पना घिमिरेविरुद्ध पनि मुद्दा दायर भएको छ । उनीहरुसँग पनि १० लाख ५५ हजार ९७९ विगो जरिवाना गर्न मा गरिएको छ।

विराटनगर महानगरपालिका–१५ स्थित रानी हेल्थपोस्ट नजिकैको पोखरीमा पार्क निर्माण कार्यमा वास्तविक कार्यभन्दा बढी भुक्तानी गरेको उनीहरुमाथि आरोप छ ।

Author:



क्याटोगरी छान्‍नुहोस