जनार्दन शर्मामाथि छानविन गर्ने समितिको वैठक मंगलबार बस्ने

काठमाडौँ । राजिनामा दिएका अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको विशेष संसदीय छानबिन समितिको पहिलो बैठक आउने मंगलबार बस्ने भएको छ । अर्थमन्त्री शर्माले दुई दिन अघि मात्रै राजिनामा दिएक थिए ।

शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाको पहलमा बसेको सहजीकरण बैठकले यस्तो निर्णय गरेको हो । समितिले १० दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने छ । सभामुख सापकोटा,संसद सचिवालयका कर्मचारी र समितिमा रहेका सदस्यहरूबीच बैठक भएको थियो ।

शर्माले बजेट निर्माणका बेला अनधिकृत मानिसलाई बोलाएर करका दर हेरफेर गरेको आरोप लागेपछि संसदीय छानबिन समिति गठन गरिएको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस