जम्मु कश्मीरको अमरनाथ मन्दिर नजिकै आँधी, १५ श्रद्धालुको मृत्यु, ४५ बेपत्ता

जनकपुरधाम । भारतको जम्मु कश्मीरस्थित अमरनाथ मन्दिर नजिकै आएको आँधीका कारण १५ जना श्रद्धालुको मृत्यु भएको छ भने ४५ जनाभन्दा बढी श्रद्धाजु वेपत्ता भएका छन् ।

शुक्रवार साँझ भएको घटनासँगै सो क्षेत्रमा उद्धारका लागि नेशलन डिजास्टर रिस्पाउन्स फोर्स, केन्द्रीय रिजर्व प्रहरी बल खटाइएको छ । घाइतेहरुलाई अस्पतालसम्म पुर्याउन सेनाको हेलिकप्टर पनि परिचालन गरिएको छ ।

यद्यपी, अमरनाथ यात्राका लागि श्रद्धालुको आवागमनमा कमी आएको छैन् । शुक्रवार अबेर राति पनि यात्राका लागि श्रद्धालुहरु कश्मीरको बालटार र पहलगाम बेस क्याम्पसम्मका लागि निस्किसकेका छन् । यात्रारत एक तिर्थयात्रीले भने ‘हामी पहलगामतर्फ गइरहेका छौं, भगवान भोलेनाथ सबै तिर्थयात्रीको रक्षा गर्नुहुन्छ ।’ तर, तत्काललाई अमरनाथ यात्रा गर्न रोक लगाइएको छ । दैनिक भास्करबाट

Author:



क्याटोगरी छान्‍नुहोस