जिससका निवर्तमान प्रमुखसहित सयौं नेता–कार्यकर्ता जसपामा प्रवेश

राजविराज, ११ भदौ । जिल्ला समवन्य समिति सप्तरीका निवर्तमान प्रमुखसहित सयौं नेता–कार्यकर्ता जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् ।

शनिवार राजविराजमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा निवर्तमान प्रमुख प्रभाकर यादव, विवेकशिल पार्टीका केन्द्रीय सदस्य सुमन कुमार मिश्रा, लोकतान्त्रिक समाजवादी पार्टीका पुर्व जिल्ला अध्यक्ष अमरनाथ मण्डल, छिन्नमस्ता गाउँपालिकाकी निवर्तमान वडाअध्यक्ष प्रमिला यादव लगायतका नेता–कार्यकर्ताले जसपामा प्रवेश गरेका हुन् ।

निवर्तमान प्रमुख यादव यसअघि स्थानीय तहको निर्वाचनमा जनता प्रगतिशिल पार्टी नेपालबाट उम्मेदवार बनेका थिए । सो पार्टी परित्याग गरी प्रवेश गरेका यादव लगायत नवप्रवेशीहरुलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले सदस्यता प्रदान गरेका छन् ।

जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्य एवम् कृषि तथा पशुपंक्षि विकास मन्त्री मृगेन्द्र सिंह यादव, केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम् मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह, केन्द्रीय कार्यकारिणी समितिका सदस्य एवम् प्रवक्ता मनिष सुमन, पार्टीका राजनीतिक समितिका सदस्य एवम् मधेश प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह लगायतको उपस्थिती थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस