महोत्तरी घटनाको छानबिन गर्न मधेसी आयोगका अध्यक्षको निर्देशन

जनकपुरधाम । महोत्तरीको भंगहा-८ पडरियामा हिन्दू र मुस्लिम समुदायबीच भएको झडपको सत्यतथ्य छानबिन गर्न मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले महोत्तरीका सीडीओलाई निर्देशन दिएका छन् ।

उनले फोन सम्पर्क गरी सिडियोसँग घटनाको जानकारी लिएको सचिवालयले जनएको छ । साथै त्यहाँको अवस्था नियन्त्रण गर्न र शान्तिपूर्ण वातावरण मिलाउन डा. दत्तले निर्देशन दिएका छन् | झडपमा घाइते भएका पीडित र परिवारसँग भेटेर उनले घटनाको जानकारी लिएका छन् ।

बिहीबार भाइटीकाको दिन पडरियाबाट हिन्दू सम्राट सेनाले निकालेको शोभायात्रामा मुस्लिम समुदायका मानिसले ढुंगामुडा गरेपछि अवस्था तनावग्रस्त बनेको थियो । सामाजिक सद्भाव भड्किन सक्ने भन्दै स्थानीय प्रशासनले बिहीबार साँझदेखि लगाएको कर्फ्यू कायमै छ ।

Author:



क्याटोगरी छान्‍नुहोस