माओवादी पदाधिकारी बैठक बस्दै

जनकपुरधाम – सत्तारुढ दल नेकपा (माओावादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजेपछि कोटेश्वरस्थित पेरिसडाँडा पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

बैठकमा आम निर्वाचनको समीक्षा र अब बन्ने नयाँ सरकार निर्माणका बारेमा छलफल हुनेछ । शनिबार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले माओवादीको नेतृत्वमा सरकारमा जान विकल्प खुला गरेको बताएको थियो ।

आइतबारको बैठकले पनि सरकारमा जानका लागि गठबन्धनलाई नै निरन्तरता दिने वा नेकपा (एमाले) सँग सहकार्य गरेर अघि बढ्ने भन्ने बारेमा छलफल गर्ने जनाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस