मिडिया काउन्सिलका अध्यक्ष भट्टराई मृत फेला

जनकपुरधाम – मिडिया काउन्सिल, मधेस प्रदेशका अध्यक्ष शिवहरि प्रसाद भट्टराई शनिबार बिहान मृत फेला परेका छन् । सर्लाहीको लालबन्दी नगरपालिका-१३ पत्थरकोटस्थित होलिडे रिसोर्टमा ६७ वर्षीया भट्टराईकाे शव फेला परेको हो ।

उनी शनिबार आयोजना हुने नेपाल पत्रकार महासंघ सर्लाही शाखाकाे साधारण सभामा सहभागी हुन शुक्रबार लालबन्दी पुगेका थिए । राति खाना खाएर कोठामा पुगेका उनी शनिबार बिहान ओछ्यानमा मृत फेला परेकाे अामसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिए।

उनकाे शव पाेष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ । उता, मधेश प्रदेशका डिअाईजी मसाउद अालम खाँले अध्यक्ष भट्टराई बिहान ओछ्यानमा मृत अवस्थामा फेला परेको बताए । ‘थप बुझ्ने कार्य भईरहेकाे छ’, उनले भने।

मृतक भट्टराई नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष एवम् शाखा सप्तरीका संस्थापक अध्यक्ष र मधेशलाइभका पूर्व सल्लाहकार समेत हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस