धनुषाकाे वीरेन्द्र बजारमा दुई गाडी आपसमा ठोक्किए, बालकसहित ५ जनाको मुत्यु

जनकपुरधाम । धनुषाको वीरेन्द्र बजारमा दुई वटा गाडी आपसमा ठोकिँदा बालकसहित ५ जनाको मुत्यु भएको छ । अन्य ९ जना घाइते भएका प्रहरीले जनाएकाे छ ।

मृत्यु हुनेमा धनुषा मुख्यिापट्टी मुसरनियाकी २९ वर्षीया रुवीकुमारी साह, महोत्तरी रामगोपालपुर- ७ का मञ्जुकुमारी साह, सृजना साह, पिपरा गाउँपालिकाका ११ वर्षे एककुमार, धनुषा धनौजी गाउँपालिकाकाकाअब्दुल मन्सुर छन् ।

आज बिहान ५ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना १ ज ८३९६ नम्बरकाे विंगर र पश्चिमबाट पूर्वतिर जाँदै गरेको ज १ त १४९६ नम्बरको पिकभ्यान आपसमा ठोकिएका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक दीपक रायले घटनाका घाइतेहरूको परिचय अहिलेसम्म खुल्न नसकेको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस