सप्तरीमा १३८ जना उम्मेदवारको जमानत जफत

राजविराज । सप्तरीमा १ सय ३८ जना उम्मेदवारको जमानत जफत भएको छ। सप्तरीमा प्रतिनिधि सभातर्फ चुनावी प्रतिस्पर्धा गरेका कुल ७० जना उम्मेदवारमध्ये ५८ जनाको र प्रदेश सभातर्फ प्रतिस्पर्धा गरेका १०६ जनामध्ये ८० जनाको जमानत जफत भएको हो।

निर्वाचन कार्यालय सप्तरीले दिएको जानकारी अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा १७, क्षेत्र नम्बर २ बाट १३, ३ बाट १५ र क्षेत्र नम्बर ४ बाट १३ जना गरी ५८ जना प्रतिनिधिसभा सदस्यका उमेदवारको जमानत जफत भएको छ ।

प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नम्बर १(क) मा ८ र (ख) मा ७, क्षेत्र नम्बर २ को (क) मा १४, (ख) मा ११, क्षेत्र नम्बर ३ को (क) मा १५ र (ख) मा ८, क्षेत्र नम्बर ४ को (क) मा ९, (ख) मा ८ उमेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

चार प्रतिनिधिसभा र ८ प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा विजयी भएका उमेदवारसहित ३८ जना उमेदवारले मात्रै जमानत जोगाउन सफल भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेश जोशीले जानकारी दिए ।

Author:

क्याटोगरी छान्‍नुहोस