समानुपातिकमा एमालेभन्दा कांग्रेस १ लाख ३० हजार मतले पछि, अरु दलले कति पाए ?

जनकपुरधाम । प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फ नेकपा एमाले अग्रता कायमै राखेको छ ।

एक करोड तीन लाख ८२ हजार ८५ मतगणना हुँदा एमालेले २७ लाख ७३ हजार ९९९ मत पाएको छ । एमालेभन्दा झण्डै एक लाख ३० हजार कम मत पाएको कांग्रेसले २६ लाख ४४ हजार २४१ मत पाएको छ ।

तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ६१ हजार २५६ मत पाउँदा उसलाई पछ्याइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार ९९६ मत पाएको छ । पाँचौँ स्थानमा रहेको राप्रपाले ५ लाख ८५ हजार ९२१ मत पाएको छ ।

जसपा नेपालले ४ लाख २० हजार ९३१ मत पाउँदा जनमत पार्टीले ३ लाख ९४ हजार ३४५ मत पाएको छ । राष्ट्रिय पार्टी हुन संघर्षरत नेकपा एकीकृत समाजवादीले २ लाख ९४ हजार ६३ मत पाउँदा नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६५८ मत पाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस