रवि लामिछानेको नागरिकताबारे छानबिन गर्न प्रहरीलाई जिल्ला प्रशासनको पत्र

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतामाथि छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई पत्राचार गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जिल्ला प्रहरी परिसर काठमाडौंलाई छानबिनका लागि पत्राचार गरेका हुन् ।

प्रहरी परिसर काठमाडौं स्रोतले रविको नागरिकताबारे छानबिनका लागि पत्र आएको पुष्टि गरेपनि थप केही बताउन चाहेको छ । अधिकारीहरूले यसबारे औपचारिक रुपमा बोल्न मानेका छैनन् । गृह मन्त्रालयमा रविको नागरिकतामाथि छानबिनका लागि भन्दै उजुरी परेपछि मन्त्रालयको आदेशमा प्रमुख जिल्ला अधिकारीले मातहतका निकायमा पत्राचार गरेको बताइएको छ ।

अमेरिकी पासपोर्ट त्यागेपछि रविले नेपाली नागरिक लिने प्रक्रियामा त्रुटी रहेको भन्दै उजुरी परेको थियो । उसो त चितवनस्थित निर्वाचन अधिकृतको कार्यालयमा पनि उनको नागरिकतामाथि प्रश्न उठाउँदै उजुरी परेको थियो । रवि यतिबेला चितवन २ बाट प्रतिनिधिसभामा निर्वाचित भइसकेका छन् भने उनले आफ्नो नागरिकताको विषय यसअघि नै समाधान भइरहेको दाबी गर्दै आएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780