प्रतिनिधिसभा उपसभामुखको उम्मेदवारी दर्ता आज

जनकपुरधाम – प्रतिनिधिसभाको उपसभामुख चयनका लागि शुक्रबारदेखि निर्वाचन प्रक्रिया सुरु हुँदैछ ।

संघीय संसद सचिवालयका अनुसार शुक्रबार उपसभामुखका लागि उम्मेदवारी (मनोनयन) दर्ताको कार्यतालिका रहेको छ ।

मनोनयन दर्ताको समय दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि तोकिएको छ । उम्मेदवारको नामावली शुक्रबार नै प्रकाशन गरिनेछ । शनिबार बस्ने प्रतिनिधि सभा बैठकमा उपसभामुख चयनको लागि मतदान हुनेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस