गलत गर्नेलाई कारबाही गर्न पछि नहट्ने : गृहमन्त्री लामिछाने

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्यका निकायलाई निरीह बनाइएकाले आफूले गरेका कामको प्रतिफल आउन समय लाग्ने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अभियुक्तलाई समात्न सकेनन् भन्ने आरोप लागिरहेको र आफूले देखेको पनि सभामुखको रुलिङ नभएका कारण नसमातेको बताए । उनले गलत काम गर्नेलाई कारबाही गर्न पछि नहट्ने दाबी गरे ।

उनले भने, ‘नदेख्ने भन्ने कुरा नै हुँदैन । तर सभामुखबाट रुलिङ हुनुपर्छ । मैले भनिसकेको छु, राज्यका निकायहरूलाई निरीह बनाइएको छ, नतिजा आउन समय लाग्छ । हेर्दै जानुहोला, नतिजा आउने छ । गलत काम गरेका मानिसहरू कोही पनि बाँकी रहँदैन । केही समयका लागि लुक्ने भाग्ने होला तर हामी समातेरै छोड्छौँ ।’

Author:



क्याटोगरी छान्‍नुहोस