लौनियामा क्रिकेट प्रतियोगिता, उद्घाटन खेलमा मुसहरनिया विजयी

राजविराज – सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियामा क्रिकेट प्रतियोगिता–२०७९ को आयोजना गरिएको छ । लौनिया युथ क्रिकेट समितिको आयोजना र वडा नम्वर २ को सहयोगमा आयोजना गरिएको प्रतियोगिता विहिबार एक कार्यक्रमका बीच प्रदेशसभा सदस्य सतिशकुमार सिंहले उद्घाटन गरेका हुन् ।

आयोजक समितिका श्रीकान्त मंडलको अध्यक्षतामा आयोजना गरिएको उद्घाटनसभामा गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, वडा नम्वर १ अध्यक्ष दिनेश्वर मिश्र, २ का अध्यक्ष कमल कुमार मण्डल, ५ का अध्यक्ष ललन प्रसाद राउत, २ का निवर्तमान अध्यक्ष खगेन्द्र मण्डल लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

१६ वटा टिम सहभागी रहेको सो प्रतियोगिताको उद्घाटन खेलमा बाबा महन्थ युवा क्लब, फर्सैठलाई पराजित गर्दै बजरंगबली युवा क्रिकेट टिम मुसहरनीया विजयी भएको छ ।

टस जितेर ब्याटिङ गर्दै फर्सैठले निर्धारित २० ओभरको खेलमा १६ ओभर ५ बलमै सम्पुर्ण विकेट गुमाउँदै १४६ रन तयार पारे । जवाबी ब्याटिङ गर्दै मुसहरनियाले १५ ओभर ४ बलमा ६ विकेट गुमाउँदै आफ्नो लक्ष्य प्राप्त गरे । उद्घाटन खेलमा उत्कृष्ट प्रदर्शन गर्ने मुसहरनियाका जितेन्द्र मण्डल ‘म्यान अफ दि म्याच’ घोषित भए । उक्त प्रतियोगिता १५ दिनसम्म चल्नेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस