सुरुङ्गा नगरपालिकाको कार्यालय भवन शिलान्यास

राजविराज – सप्तरीको सुरुङ्गा नगरपालिकाको आफ्नै कार्यालय भवन निर्माण हुने भएको छ । विहिबार एक समारोहका बीच नगर प्रमुख गिता चौधरीले शिलान्यास गरेकी छन् ।

वडा नम्वर ५ स्थित कुल १ करोड ६० लाख रुपैयाँको लागतमा सो भवन निर्माण हुन लागेको छ । स्थानीय महेश चौधरी, दुर्गानन्द चौधरी, हरिकान्त चौधरी, आनन्द चौधरी, हरिहरवती देवी चौधरी, कालिन चौधरी र जितनी चौधरीले संयुक्त रूपमा १ विग्घा १० कठ्ठा दान गरेपछि भवन निर्माण गर्न लागेको नगर प्रमुख चौधरीले जानकारी दिइन् ।

यसअघि वडा नम्वर ९ स्थित भाडाको घरमा नगरपालिका कार्यालय सञ्चालन हुँदै आएको थियो । शिलान्यास समारोहमा वडा अध्यक्षहरु, स्थानीयवासी, वुद्धिजीवी, पत्रकार लगायतको उपस्थिती थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस